‘भारतले सुगौली सन्धि नमान्ने हो भने टिष्टादेखि काँगडासम्म नेपाललाई छोड्नुपर्छ’,राजेन्द्र लिङ्देन


काठमाडौं, ३१ जेठ: राप्रपाका सांसद राजेन्द्र लिङ्देनले सरकारद्वारा नेपालको संविधान दोस्रो संशोधन विधेयकलाई समर्थन गर्ने जानकारी गराएका छन् । प्रतिनिधि सभाको जारी बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले उक्त विधेयकको समर्थन गर्दै भूमि फिर्ता लाउन पनि पहल गर्न सुझाव दिए ।
कुनै पक्षलाई दोष दिएर वा पाखा लगाएर राष्ट्रिय एकता कायम नहुने भन्दै उनले कूटनीतिक सम्वादमार्फत भूमि फिर्ता ल्याउनु पर्नेमा जोड दिए । सन्धि र प्रमाणका आधारमा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै रहेको भन्दै उनले भने, ‘भारतलाई सोधौँ सुगौली सन्धि मान्ने हो कि होइन नहोइन हो भने टिष्टादेखि काँगडासम्म नेपाललाई छोडनु पर्छ ।’



यद्यपि भारतले सुगौली सन्धिको पालना गर्ने उनको विश्वास छ । संविधान संशोधन गरेर नेपालको भूमि आफ्नो नक्सामा समावेश गरेर ऐतिहास कामको नेतृत्व लिने सौभाग्य पाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले बधाई तथा धन्यवाद दिए ।








