आज नवदुर्गा गाउँपालिकाका २३ सहित सुदूरपश्चिमका ६४ जनामा कोरोना पुष्टि

डडेल्धुरा, ३१ जेठ : सुदूरपश्चिममा आज ६४ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार आज पुष्टि भएका मध्ये ५५ जना पुरुष र नौँ जना महिला रहेका छन्। डडेल्धुराका २४ जना, कञ्चनपुरका २१ जना, कैलालीका ११ जना, बझाङका पाँच जना, डोटीका तीन जनामा कोरोना पुष्टि भएको हो।

बझाङको बिथ्थडचिरका दुई जना, केदारस्यू दुई जना, खप्तडछानाको एक जना, डडेल्धुराको अमरगढीका एक जना, नवदुर्गाका २३ जना, डोटीको जोरायलका दुई जना, सायलका एक जना, कैलालीको चुरेका पाँच जना, धनगढीका दुई जना, गोदावरीका दुई जना, लम्की चुहाका एक जना, टीकापुरका एक जना, कञ्चनपुरको पुनरवासका दुई जना, लालझाडीका १४ जना, महाकालीका तीन जना, बेदकोटका एक जना, कञ्चनपुरकै थप एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ५५ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ७८ जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, अछामका १६, दार्चुलामा १२, डोटीका १३, बझाङमा १४, बैतडीमा ६ र बाजुराका १८ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन्।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट दुई सय २७, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।

सम्बन्धित खवर

Back to top button