क्यान्सर अस्पताल भरतपुरमा दोब्बर बडी रकम अशुलि

असार १, चितवन:- भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आरडिटीमा कालाेबजारी गरेको भेटिको छ । टेन्डर प्रक्रियाबाट पाँच सय ९५ रुपैयाँमा खरिद गरेकाे कोटको अस्पतालले बिरामीसँग भने झन्डै दाेब्बर रकम असुल्ने गरेकाे छ ।

अस्पतालले एकजनाको परीक्षण गरेबापत ११ सय ५० रुपैयाँ लिन्छ ।तर लागतमा २० प्रतिशत बढी लिन पाउने भनिए पनि शतप्रतिशत बढि चार्ज गर्नु भनेको प्रचलित कानुनअनुसार यसलाई कालाेबजारी नै गरेकाे ठहर छ। यद्यपि अस्पतालका कार्यकारी निर्देशक देजकुमार गौतम भने अस्पताल समितिको निर्णयअनुसार मूल्य निर्धारण गरिएको बताए ।
गौतम भनछन् अन्य परीक्षण अस्पतालमा निकै कम शुल्कमा लिएकाे बताउछन् ।

साे अस्पतालले जेठ पहिलो हप्ता टेन्डरमार्फत दुई हजार आरडिटी खरिद गर्ने सम्झौता गरेको छ। त्यसअनुसार पहिलो चरणमा आएको आठ सय मध्येबाट दुई सयभन्दा बढीकाे आरडिटी परीक्षण गराइ सकेकाे पाईन्छ । उता बिरामी र कुरुवाको बिचल्ली भएको गुनासो आइरहेको छ।भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिभिन्न ठाउँका बिरामी र कुरुवाको अवस्था निकै नाजुक रहेकाे छ । कोरोना त्राससँगै बिरामीको संख्या घटे पनि हाेटेलहरू बन्द भएकाले अस्पतालकाे कुरुवा घर भरिएकाे छन्।

अस्पतालमा ३४ जना अटाउने कुरुवाघर रहेका छन् । हाल त्यहाँ एक सय ११ जना कोचिएर बसेका छन् ।अधिकांश बिरामीका कुरुवा अस्पतालकै खाली चौरमा खाना पकाउने र चौर, बरन्डा, प्यासेजमा रात भर नै बिताउने गरेका छन् । धनुषाबाट बिरामी बुबालाई लिएर उपचारका लागि जेठ ७ गते क्यान्सर अस्पताल आइपुगेका सुरेन्द्र यादव पानी पर्दा कहाँ बस्ने, कहाँ के खाने भन्ने चिन्ताले सताएको गुनासाे पाेखछन्। अस्पतालमा आएर झन् दुःख पाइयाे उनि बताउछन्।

सरकाको भने यि समस्याहरुको समधानमा कुनै पहल गरेको देखिदैन। लकडाउन खोले पश्चात नागरिक जनजिवन थप अन्योल र समस्या ग्रस्त भएको देखिन्।
रिपोर्ट डिलकुमारी नेपाल

सम्बन्धित खवर

Back to top button