सुदूरपश्चिम सरकारले बजेट ३३ अर्ब ३८ करोड बजेट प्रस्तुत

धनगढी, १ असार : सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्व ३८ करोड १३ लाख ४८हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्। जसमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विजियोजन गरिएको छ।

गत बर्ष प्रदेश सरकारले २८ अर्वको बजेट ल्याएको थियो। प्रदेश सरकारले स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारका योजनालाई प्राथमिकता दिएको छ। सरकारले स्वास्थ्य क्षेत्रको सुदृढिकरण एवंम सेवा सुधारका लागि तीन अर्ब २६ करोड ६६ लाख बजेट विनीयोजन गरेको छ।

कोरोना भाईरसबाट सिर्जित स्वास्थ्य चुनौतीलाई लक्षित गरेर संक्रमण नियन्त्रणका लागि अस्पतालको सुधार एवंम् सेवा विस्तारका लागि बजेट विनीयोजन गरिएको हो। सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग उपचार केन्द्रका लागि तीन करोड छुट्याईएको छ।

यस्तै प्रदेशका नौ वटै जिल्लामा सडक आयोजना सञ्चालन गर्न ४ अर्ब ७२ करोड, सिचाई योजना निर्माणका लागि एक अर्ब ४१ करोड, खानेपानीका योजनाका लागि ९७ करोड, बैतडीको सुर्नया नदी र दार्चुलाको नौगाड नदीमा जलविद्युत आयोजना सञ्चालन तथा थप दुई वटा आयोजनाको सम्भाव्यता अध्ययनका लागि पाँच करोड, विनीयोजन गरिएको अर्थमन्त्री बोहराले बताए।

मुख्यमन्त्री एककिकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तरगत विभिन्न योजनाका लागि ६० करोड, कृषि तथा पशुपन्छी विकास कार्यक्रममै स्वरोगार बनाउन १५ करोड, कृषि सिचाई सुविधा विस्तारका लागि एक करोड, कृषि मिटरमा अनुदानका लागि दुई करोड, मुख्यमन्त्री एकिकृत बस्ती विकास कार्यक्रम अन्तरगत कैलालीको धुरजन्ना, डोटी र कञ्चनपुरको वेदकोट लगायतका क्षेत्रमा ८० घर निर्माणका लागि ५ करोड, कृषि अनुदान लगायतका कार्यक्रम समावेश गरिएको छ।

सांसदहरुको पूर्वाधार विकास कार्यक्रमको बजेट यथावत राखिएको छ। ३२ निर्वाचन क्षेत्रका लागि तीन करोडका दरले ९६ करोड विनीयोजन गरिएको छ। यस्तै प्रदेशमा अपराध न्युनीकरण गर्न, कारागारको सुधार तथा व्यवस्थापन, प्रहरी कार्यालय तथा चौकीहरुको सुधार एव विस्तारका लागि समेत आवश्यक बजेट विनीयोजन गरिएको छ।

बजेटको पूर्णपाठ पढ्न क्लिक गर्नुहोस

[pdf-embedder url=”https://satkarpost.com/wp-content/uploads/2020/06/आ.व.-२०७७-७८-को-बजेट-वक्तव्य.pdf” title=”आ.व. २०७७-७८ को बजेट वक्तव्य”]

सम्बन्धित खवर

Back to top button