विश्वमा कोरोना प्रभावित देशहरुमध्ये ब्राजिल दोस्रो स्थानमा


काठमाडौं, १ असार: ब्राजिल संसारको सबैभन्दा बढी प्रभावित देशहरूको सूचीमा अमेरिका भन्दा पछि दोस्रो स्थानमा रहेको जोन्स हपकिन्स युनिभर्सिटीको ड्यासबोर्डमा उल्लेख गरिएको छ । ब्राजिलमा कोरोना भाइरसबाट ज्यान जाने तथा संक्रमित हुनेको संख्या तीव्र गतिमा बढ्दै गएको छ ।
आइतबारसम्म त्यहाँ कोरोनाबाट ज्यान जानेको संख्या ४२ हजार ७ सय २० रहेको सोमबार कोरोनाबाट ज्यान जानेको संख्या बढेर ४३ हजार ३ सय ३० पुगेको छ भने कोरोना संक्रमित ८ लाख ६७ हजार ६ सय २४ पुगेको छ ।










