लकडाउनमा अलपत्र बिदेशी नागरिकसँग भिसा शुल्क उठाउदै गृह मन्त्रालय


काठमाडौं, २ असार : विदेशमा समस्यामा परेका तपाईंका नागरिकलाई हामीले आम माफीसम्म दिएर संरक्षण गरिराखेका छौं । तपाईंहरूले नेपालमा फसेका हाम्रा नागरिकलाई किन भिसा शुल्क लगाइरहनु भएको छ ? अध्यागमन विभाग र पर्यटन बोर्डका अधिकारीहरूले सोमबार र मंगलबार नेपालस्थित विदेशी दूतावासबाट बारम्बर यस्ता प्रश्नको समाना गर्नुपर्यो ।
गृह मन्त्रालयले नेपालमा थुनिएका पर्यटकको भिसा नवीकरण गर्दा अध्यागमन विभागमार्फत पुरानो नियमअनुसार नै भिसा शुल्क उठाउन थालेपछि विदेशस्थित दूतावासहरूले यस्तो प्रश्न लिएर गृह धाउन थालेका हुन् । जरिवानाबापतको राजस्वको लोभमा अप्ठ्यारोमा परेका विदेशीहरूसँग जरिवाना असुल्ने क्रम चुलिएपछि नेपालमा रहेका विभिन्न देशका दूतावासहरूको नेपाल सरकारको नीतिको आलोचना गरेका छन् ।



करिब तीन महिनासम्म नेपालमा रोकिँदा बेखर्ची बनेका पर्यटनसँग असार १ र २ गते भिसा नवीकरण गर्दा विभागले दैनिक ३ डलरका दरले भिसा शुल्क उठाएको हो। यसअघि गृह मन्त्रालयले लकडाउनको अवधिमा भिसा सकिने पर्यटकसँग लकडाउन खुलेको ७ दिनसम्म विनाकुनै शुल्क तथा जरिवाना भिसा नवीकरण गर्ने निर्णय गरेको थियो ।

विगतमा जरिवाना नलिनेबारे दिइएको सूचना तर लकडाउन लम्बिएपछि गृहले नेपालमा थुनिएका पर्यटकबाट पैसा उठाउने एक जुक्तिस्वरुप विलम्ब शुल्क र जरिवाना नलिने तर, भिसा शुल्क लिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।








