अपि अस्पतालको आइसोलेसनमा रहेका संक्रमितहरुको स्वस्थ्य अवसथा बुझ्दै सासद मल्ल

डडेल्धुरा,२ असार : बिश्व कोरोना माहामारीको दलदलमा फसेका बेला निरन्तर जिल्लाबासीको पिरमार्काका मलम लगाउदै नेपाली काग्रेस डडेल्धुराका सभापति एव सुदुरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले अस्पतालको आइसोलेसनमा रहेका संक्रमितहरुको स्वस्थ्य अवसथा बुझन अपि सामुदायिक अस्पताल पुगेका हुन ।

डडेल्धुराको अपि सामुदायिक अस्पतालको आइसोलेसनमा रहेका नवदुर्गा गाउपालिकाका २२ जना कोरोना संक्रमितहरुको स्वस्थ्य अवसथा बुझन मंगलबार सासद मल्ल अस्पताल पुगेका हुन । उनले आइसोलेसनमा रहेका व्यक्तिहरुलाई विभिन्न सल्लाह, खानपान र अन्य कुराहरुको बारेमा जानकारी गराउदै उनीहरुलाई हौसला दिनका साथैआत्मबल बढाउने कार्य गर्न सक्रिय देखिन्छन ।

आइसोलेसनमा रहेका व्यक्तिहरुलाई घरायसी रोगप्रतिरोधात्मक जटीबुटी जस्तै टिमुर,हल्दी,गुर्जो,बेसार, अदुवा लगायतका जटीबुटीहरुको मिश्रण गरेर दिनमा ३/४ चोटी खान सासद मल्लले आग्रह गरेका छन । उनले अपि सामुदायिक अस्पतालको आइसोलेसनमा रहेका व्यक्तिहरुलाई आत्माबल बढाउनुका साथै फलफुल बितरण समेत बितरण गरेका हुन ।

सम्बन्धित खवर

Back to top button