मापदण्ड नपुगेका क्वारेन्टीनहरूको मर्मत तथा सुधार गर्नलाई कोरोना कोषबाट सहयोग

काठमाडाैं, ३ असार: विदेशबाट आएका नागरिकहरूबाट कोरोना संक्रमण फैलिन नदिनका लागि बनाइएको क्वारेन्टीनमा विभिन्न खालका समस्या देखिएपछि अव मापदण्ड नपुगेका क्वारेन्टीनहरूको मर्मत तथा सुधार गरिने भएको छ ।

विभिन्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि जम्मा गरिएको बजेट खर्च नभएको भन्दै आलोचना भैरहेका बेला कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट क्वारेन्टिनको मर्मत सम्भार तथा व्यवस्थापन, होल्डिङ सेन्टरको व्यवस्थापन, औषधी तथा उपकरण खरिद गरि कुल २३ करोड ४९ लाख ७९ हजार ८ सय २५ रुपैयाँ भन्दा बढी रकम दिने भएको हो ।

उक्त रकममध्ये क्वारेन्टिन सुरक्षा एवं व्यवस्थापनमा १३ करोड २२ लाख ५६ हजा ८ सय २५ रुपैयाँ दिने निर्णय गरेको छ । मापदण्ड अनुसार क्वारेन्टीन निर्माण नहुँदा त्यहाँ बस्नेहरूलाई झनै जोखिम बढेको, विभिन्न प्रकारका हिंसा भएको भन्दै क्वारेन्टिन व्यवस्थापनमा उक्त रकम दिन लागिएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन विदेशबाट आएका व्यक्तिहरूलाई राख्न बनाइएको क्वारेन्टीनमा विभिन्न समस्या देखिएपछि त्यसको स्तरोन्नती एवं सुधार गरिने भएको हो ।

सम्बन्धित खवर

Back to top button