कालापानी क्षेत्रको निरीक्षणको लागि प्रधानसेनापति र सशस्त्र आईजीपी दार्चुला पुगे

दार्चुला, ३ असार : नेपाल भारतको सीमा क्षेत्र दार्चुलाको कालापानी निरीक्षण भ्रमणमा आउनुभएका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक आइजीपी शैलेन्द्र खनाल दार्चुला पुगेका छन् । उनीसँगै नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदीसमेत दार्चुला पुगेका छन् ।

आज बिहान साढे ७ बजे सेनाको स्काई ट्रकमार्फत् प्रधानसेनापति थापा र आइजीपी खनाल धनगढी पुगेका थिए । उनीहरुको टोली अहिले हेलिकोप्टरमार्फत दार्चुला पुगेका छन् । केही दिन अघि सशस्त्र प्रहरीले स्थापनाको गरेको कालापानीको छाङ्गुर बोर्डर आउट पोस्ट बीओपी को निरीक्षण र दार्चुला तिङ्कर सडक खण्डको अनुगमन गरेर आज साझ धनगढी फर्किने कार्यतालिका रहेको छ ।

उनीहरुको कालापानी क्षेत्रको भ्रमणलाइ अर्थपूर्ण रुपमा हेरिएको छ । भ्रमणपछि सुदूरपश्चिम प्रमुखसँग छलफल गर्ने र आज धनगढीमै बस्ने र भोलि मात्रै काठमाडौं फर्किने जनाइएको छ ।

सम्बन्धित खवर

Back to top button