गन्यापधुरा गाउँपालिकाले कोरोनाको जोखिम बढेको भन्दै असार १२ सम्मका लागी सिल


डडेल्धुरा, ५ असार : डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा हिजो विहीबारमात्रै ५८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएका छन । गन्यापधुरा गाउँपालिकाले कोरोनाको जोखिम बढेको भन्दै असार १२ गतेसम्मका लागि गाउँपालिका पुरै सिल गरिएको छ । एकैदिन गाउपालिकाका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएका र कोराना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न नदिन गन्यापधुरा गाउँपालिकाले असार १२ गतेसम्म पुरै गाउँपालिका सिल गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाभित्रका स्वास्थ्य कार्यालयबाहेक अन्य सवै कार्यालय तथा गाउपालिकाभित्र चल्ने सवै सवारी साधनसमेत असार १२ गतेसम्मका लागि संचालन गर्न नपाउने गरी सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङले बताए । उनले भने संक्रमण थप फैलिन नदिनका लागि गाउपालिका भित्रका होटेल, पसल बन्द गर्ने र एक गाउँबाट अर्को गाउँमा मानिसहरु पनि जान नपाउने निर्णाय गरेका छौं ।



स्थानीय व्यक्तिहरुले आरडीटी पोजेटिभ देखिएका व्यक्तिहरुको पिसिआर रिर्पोट नआउदै क्वारेन्टाइनबाट घर पठाउने कार्य गाउँपालिकाको गलत भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । यता गाउँपालिकाले भने स्वाव संकलन गरि पठाएको धेरै दिनसम्म पनि पीसिआर रिर्पोट नआएको र क्वारेन्टाईनमा १४ दिन पुरा गरेका व्यक्तिहरुमा कुनै लक्षण नदेखिएकोले उनिहरुलाई घर पठाएको बताएको छ ।
सिमाबाट उद्दार गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न सक्ने तर आरडीटी पोजेटिभ देखिएका व्यक्तिहरुको पिसिआर रिपोट आउन नपाउँदै घर पठाउन हतार गर्नु गाउँपालिकाको गैरजिम्मेवारिपन रहेको एक जना स्थानीयले बताए ।









