भारतद्वारा विदामा बसेका गोर्खाली सेनालाई फिर्ता बोलाउँदै

काठमाडौं, ५ असार : भारत र चीनका बीचमा लद्दाखको पूर्वीक्षेत्र गलवानमा भएको झडपपछि भारतलले बिदामा बसेका गोर्खाली सेनालाई फिर्ता बोलाइएको छ। सीमाको तनावपछि बिदामा बसेका यस क्षेत्रका भारतीय सेनामा कार्यरत नपालीहरु नेपालगञ्ज नाका हुँदै क्याम्प फिर्ता भइरहेका छन्। शुक्रबार आठ जना इन्डियन आर्मी नेपालगञ्ज नाकाबाट भारत गएका छन्।

दैलेखका तीन, सुर्खेत र दाङका दुई/दुई र कञ्चनपुरका एकजना इन्डियन आर्मी भारत फर्किएका छन्। यीमध्येमा केहीको बिदा सकिएको थियो भने केहीको बिदा बाँकी नै थियो। आज भारत गएकाहरु जम्मु–काश्मिरमा खटिएका छन्।

‘म आएको त धेरै भइसक्यो। बिदा सकिएको थियो। लकडाउन भएकाले गएको थिइन। अहिले बोलावट आयो। त्यही भएर जान थालेको हुँ’, दैलेखका एकजनाले भने, ‘हामीमध्ये धेरैको बिदा सकिएको छ। केहीको बाँकी छ। बिदा बाँकी भएपनि क्याम्पबाट बोलावट आएपछि जानै पर्‍यो।’ गत सोमबार लद्दाखमा भएको झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो। त्यसपछि त्यहाँ तनाव सिर्जना भएको छ।

लद्दाखको तनावपछि लकडाउनका बीचमा पनि इन्डियन आर्मीहरु धमाधम फिर्ता भइरहेका छन्। केही दिनदेखि इन्डियन आर्मीहरु नेपालगञ्ज नाकाबाट फिर्ता भइरहेका छन्। इलाका प्रहरी कार्यालय, जमुनाहाले शुक्रबारदेखि भारत जानेहरुको रेकर्ड राख्न शुरु गरेको छ। जमुनाहाका इन्चार्ज विष्णु गिरीले गोर्खाली सेनाको पनि रेकर्ड राख्न शुरु गरेको बताएका छन् ।

सम्बन्धित खवर

Back to top button