कोरोना संक्रमण बढदै गएपछि डडेल्धुरा सदरमुकाम सिल


डडेल्धुरा, ५ असार : कोरोना संक्रमण बढदै गएपछि डडेल्धुरा सदरमुकाम सिल भएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागु हुने सिल गर्ने निर्णय कोरोना सुरक्षा समिती डडेल्धुराले गरेको हो ।
अर्को सुचना जारी नहुन्जेलसम्मका लागि डडेल्धुरा सदरमुकाम शिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले बताए । उनले भने, ‘समितीको निर्णय अनुसार व्यपार व्यवसाय सबै बन्द गरेका छौ। हामी बजार क्षेत्रमा मौकिङ समेत गर्दै छौँ।’



सरकारी कार्यालय खुल्ला नै रहने छ भने अति आवश्यक बाहेक सेवा बन्द हुने डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताए । डडेल्धुरामा यो समाचार तयार पर्दासम्म १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गन्यापधुरा भने धेरै संक्रमण देखिएपछि हिजो नै सिल भइरहेको छ ।








