सुदूरपश्चिम प्रदेशमा आज १६८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, ५ असार : सुदूरपश्चिम प्रदेशमा आज एक सय ६८ जनामा कोरोना संक्रमण् पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ५१, धनगढी प्रयोगशालामा १२ र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा पाँच गरी आज आज एक सय ६८ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बैतडीका ७ महिला र ५६ पुरुष गरी ६३ जना, कैलालीका १३ महिला र ३३ पुरुष गरी ४६ जना, डोटीका तीन महिला र १२ पुरुष गरी १५ जना, डडेल्धुराका ९ पुरुष, बाजुराका ८ पुरुष, अछामका एक महिला र ६ पुरुष गरी सात जना, बझाङका एक महिला र दुई पुरुष गरी तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

उनले शिक्षण अस्पताल महाराजगञ्जमा भएको परीक्षणमा बैतडीका एक महिला र चार पुरुष गरी थप पाँच जनामा संक्रमण पुष्टि भएको बताए। यस्तै धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

कैलालीका सात, डोटीका चार र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको उनले बताए। उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका ४, बर्दगोरीयाका दुई र जानकीका एक, बडिकेदार डोटीका चार र कञ्चनपुरको पुनरवासका एक जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या सात सय ८५ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका दुई सय दुई, डडेल्धुरामा एक सय ३२, बैतडीमा एक सय २०, कञ्चनपुरमा ९६, अछामका ७४, बाजुराका ७०, डोटीका ६१, बझाङमा १९ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ११ जना निको भएर घर फर्किसकेका छन्।

सम्बन्धित खवर

Back to top button