‘मलको अभावमा पनि रोपाई’


काठमाडाैँ, ६ असार: रसायनिक मलको अभाव भए पनि नेपालका विभिन्न स्थानहरुमा असार लागेसँगै किसानहरु धान रोपाई गर्नमा व्यस्त छन् । रोपाईको बेलामा चाहिने रसायनिक मलको अभाव भए पनि किसानहरु आफनो खेतमा धान रोपाई गर्ने कार्यमा लागेका छन् ।




केही दिनदेखि परेको पानी र ब्याडमा राखिएको बिउ तयार भएपछि कृषकहरु अहिले मल बिना नै धान रोपाई गर्दै आएका छन् । किसानहरुलाई चाहिएको बेला यो वर्ष पनि मल अभाव भएको हो । अहिले नेपालका विभिन्न स्थानहरुमा डिएपी, युरिया मलको अभाव छ । समयमै डिएपी मल नपाउँदा अहिले मलबिना नै धान रोपाई गर्न बाध्य भएको किसानहरु गुनासो गरेका छन् ।

किसानहरु आफ्नो खेतमा धान रोपाई गर्नुपर्ने र त्यसका लागि केही खेतमा धान रोप्ने बेलामा स्थानीय पसल, कृषि सहकारी देखि लिएर कृषि सामग्री कम्पनीमा धाउँदा समेत मल नपाएको गुनासो गर्छन्।

खेतीको बेलामा चाहिने सहकारी पसलदेखि लिएर कम्पनीको कार्यालय सम्मै गए पनि मल नपाइने त्यसैले मल नपाएपछि खेती रोक्नु पनि नमिल्ने र मल पनि नपाइएकोले मल बिना नै धान रोपाइँ गरिरहेको किसानहरुले दुःख व्यक्त गर्छन् ।
हरेक बर्ष मल अभाव हुने गरेकोेले तराइका किसानहरु भारतबाट लुकीछिपी खेती गर्नको लागि मल ल्याउने गरेका थिए । तर अहिले कोरोना संक्रमणका कारण नाका सिल भएपछि भारतबाट समेत किसानहरुले मल ल्याउन पाएका छैनन् ।
लकडाउनका कारण खरिद गरिएको डिएपी मल समयमै आउन नसकेकोले विभिन्न जिल्लामा अहिले मलको अभाव हुन गएको कृषि सामग्री कम्पनी लिमिटेडहरुले बताउँछन्।









