आज थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि , कुल संक्रमित ८ हजार६ सय ५ पुगे

काठमाडौं, ६ असार : नेपालमा कोरोना भाइरसका ३ सय ३१ जना संक्रमित थपिएका छन्। याे सँगै नेपालमा कुल ८ हजार ६ सय ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकाे छ।

गौतमका अनुसार काठमाडौंकी एक जना महिलामा पनि कोरोना देखिएको छ। कोरोना निको भएर शनिबार एक सय ७६ जना घर फर्किएका छन्। कोरोनाबाट अहिलेसम्म २२ जनाको मृत्यु भइसकेकाे छ।

सम्बन्धित खवर

Back to top button