तस्विरमा यस्तो देखियो सूर्य ग्रहण

काठमाडौं, ७ असारः आषाढ कृष्ण औँसीका दिन आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागेको छ। ग्रहणले बिहान १० बजेर ५० मिनेट जाँदा स्पर्श गरेको हो। दिउँसो १२ बजेर ३८ मिनेट जाँदो मध्य र दिउँसो २ बजेर २४ मिनेट जाँदा ग्रहणले मोक्ष प्राप्त गर्ने छ।

सुरक्षात्मक उपाय अपनाएर आइतबार ग्रहण अवलोकन भइरहेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताएका छन्।

आइतबारको ग्रहण नेपालसहित कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट देखिएको छ ।

सम्बन्धित खवर

Back to top button