कोरोना परीक्षण ढिलो गर्न आग्रह : राष्ट्रपति ट्रम्प

काठमाडौं, ७ असार : स्थानीय समय अनुसार शुक्रबार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस जति परीक्षणलाई बढायो त्यति संक्रमितको संख्या बढ्ने भन्दै परीक्षणमा हतार नगर्न प्रोत्साहन गरेका हुन् । उनले संक्रमणमा सम्लग्न स्वास्थ्यकर्मी तथा ल्यावका कर्मचारीलाई परीक्षणलाई क्रमशः ढिलो गर्न आग्रह गरेका छन् ।

ओक्लाहोमाको तुल्सामा कोरोना भाइरस महामारीको बीचमा आफ्नो राष्ट्रपतिय अभियान शुरू गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘हेर्नुस्, सबैलाई थाहा भएको कुरा यो चीनबाट फैलिएको हो तर मैले निर्णय गरेँ कि यसका बारेमा कुनै ठूलो निर्णय गर्नु पर्दैन ।’

उनले राष्ट्रपतिको नयाँ कार्यकालका लागि निर्वाचन अभियानको स्टेजमा उभिएर थालनी गरेका थिए । उक्त अवसरमा उनले संक्रमणबाट सुरक्षित हुनका लागि मुखमा मास्क लगाएका थिएन । उनको अभियानमा सहभागी हजारौँ शुभेच्छुकले पनि आफ्ना नेताको भावनालाई पछ्याउँदै मास्क तथा पञ्जाको प्रयोग गरेका थिएनन् ।

आफूले पहिले चीनबाट आउने सबै र पछि यूरोपबाट आउनेसमेत व्यक्तिको प्रवेशमा लगाएको प्रतिबन्धले समस्यालाई कम गरेको पुष्टि गर्ने प्रयास गर्दै ट्रम्पले भने । ‘जब तपाईले त्यो ठूलो मात्रामा परीक्षण गर्नुहुन्छ धेरै नागरिक संक्रमित भएको भेटिनेछ, ‘त्यसैले मैैले अमेरिकी अधिकारीहरूलाई भन्ने गरेको छु कि हामीले परीक्षण गरिरहेको छौँ तर नागरिकहरूलाई थाहा छैन के भइरहेको छ।’

ट्रम्पकाअनुसार अमेरिकामा धेरै व्यक्ति (दुई करोड ५० लाख भन्दा बढी) को कोभिड–१९ परीक्षण भएकोले धेरै संक्रमित देखिएको हो । चुनावी जुलुसको उद्घाटनका अवसरमा अमेरिकी राष्ट्रपतिले विद्यालय पनि खोल्नुपर्ने तर्क गर्दै भने, ‘बालबालिका हामीभन्दा धेरै शक्तिशाली हुन्छन्।’

अमेरिकी जोन हकिन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा आइतबारसम्ममा कूल २२ लाख ५४ हजार ६६२ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा एक लाख १९ हजार ७१९ संक्रमितको मृत्यु भएको छ ।

सम्बन्धित खवर

Back to top button