ह्युमिनिटी फाउन्डेसनले खरिद गरेको पीसीआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तातरण


डडेल्धुरा, ७ असार : कोरोना परिक्षण गर्ने पीसीआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तातरण गरिएको छ । ह्युमिनिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसिआर मेसिन आईतबार धनगढीमा डडेल्धुरा अस्पताल विकाश समितीका अध्यक्ष करुणाकर ओझालाई हस्तातरण गरिएको छ ।
फाउन्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, वुद्धिजीवीलगायतका दाताहरुबाट संकलन गरिएको रकमले खरिद गरेको मेसिन लिएर काठमाडौंबाट ट्रक धनगढी पुगेको छ। आईतबार मेसिन अस्पताललाई हस्तातरण गरेको ह्युमिनिटी फाउन्डेसन नेपालका अध्यक्ष श्याम तायलले जानकारी दिए। पिसीआर मेसिन फाउन्डेसनले अगुवाइमा खरिद गरेको उनले बताए।











