शिव-पार्वतीको दर्शन गरी जान्नुहोस् तपाईंको सोमबार


८ असार २०७७, सोमवार वृद्धि बभ आर्द्रा
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
रोकिएका अधुरा कामहरू पुरा पुन: सुरू हुन सक्छ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा अतिथिको आगमन हुनसक्छ ।



वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । स्वादिष्ट खानापिन मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
धार्मिक, सामाजिक क्षेत्रको भ्रमण हुनसक्छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । कृषि कार्य अघी बढ्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट र शुभकार्यका काम अघि बढ्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाईनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भय छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदापनि हुने योग छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शिक्षामा सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक र परोपकारका क्षेत्रमा लगानीको समय छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट लाभ प्राप्ति हुने योग छ ।








