डडेल्धुराका १५ जना सहित सुदूरपश्चिम प्रदेशमा थप १२४ जनामा कोरोना पुष्टि

डडेल्धुरा, ८ असार : डडेल्धुरामा थप १५ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमागरिएको परिक्षणमा थप १५ जना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

जसमा अमरगढी नगरपालिका १४ जना र अजयमेरु गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड-१९ सम्र्पक व्यक्ति हरिप्रशाद भट्टले बताए । यो संगै डडेल्धुरामा संक्रमितको संख्या डडेल्धुरामा २ सय २ पुगेको छ ।

सुदूरपश्चिम प्रदेशमा थप १२४ जनामा कोरोना पुष्टि भएको छ । सोमबार धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप २८ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ९६ जना पोजेटिभ देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए ।

सम्बन्धित खवर

Back to top button