बलिउड अभिनेता राजपूतको मृत्युपछि सोनमले इन्स्टाग्रामा कमेन्ट गर्न नमिल्ने बनाईन्


काठमाडाैँ, ९ असारः बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा परिवारवादले चर्चा पाएको छ। उनका प्रशंसकहरूले अन्य अभिनेता तथा अभिनेत्रीमाथि रिस तथा आक्रोश व्यक्त गरिरहेका छन्। उनको आत्महत्याको रिस ती हरेक अभिनेता-अभिनेत्रीमाथि निकालिरहेका छन् जो फिल्मी परिवारसँग सम्बन्धित छन्।
यहि परिवारवादको बहसको निशानामा परेकी छिन्, अनिल कपुरकी छोरी सोनम कपुर। उनलाई मानिसहरूले अत्यधिक ट्रोल गरिरहेका छन्। जसका कारण सोनमले आफ्नो सामाजिक सञ्जालको कमेन्ट सेक्सन नै डिलिट गरेकी छिन्।



उनले गाली तथा घृणाका मेसेजको स्क्रिनसट सेयर गरेकी छिन्। सोनमले फादर्स डेका दिन एउटा ट्वीट गरेकी थिइन्। त्यसै ट्वीटलाई सोसल मिडिया प्रयोगकर्ताको निशानामा ट्रोल बनाएका थिए।
ट्रोल बनेपछि इन्स्टाग्राममा कमेन्ट गर्न नमिल्ने बनाएर त्यसको कारण स्टोरीमा लेखेकी छिन्। उनको तथा आफ्नो आमाबुवाको सोसल मिडियामा कमेन्ट गर्न नमिल्ने बनाएकी छिन् किनकी उनका ६४ वर्षका अभिभावकले यसको सामना गर्न नपरोस् भनेर कमेन्ट गर्न नमिल्ने बनाएको उनले बताएकी छिन्।
परिवारवादको सामना गर्दै आएका अन्य कलाकारहरु सोनाक्षी सिन्हा, आयुष शर्मा, साकिब सलिम, जशिर इकबाल लगायतले भने यसअघि नै ट्वीटर अकाउण्ट डिएक्टिभेट गरेका छन्।
सोनाक्षी सिन्हा, आयुष शर्मा लगायतका कलाकारले यसअघि नै ट्वीटर अकाउण्ट डिएक्टिभेट गरिसकेका छन्।







