कमला घिमिरेको ‘लरिलरि लै ,रुन्छु बरिलै’ बोलको पहिलो तिज गीत सार्वजनिक

काठमाडौं, ९ असार: बाल गायिका कमला घिमिरेको ‘लरिलरि लै,रुन्छु बरिलै’ भन्ने बोलको पहिलो तिज गीत आज सार्वजनिक भएको छ। कमला घिमिरेले बाल गायिकाको रुपमा निकै चर्चा पाइरहेको बेलामा उनको पहिलो तिज गीत सार्वजनिक भएको हो।

सो गीतमा नेत्र अर्यालको शब्द रचना र खेम सेन्चुरीको लय तथा कमला घिमिरे र खेम सेन्चुरीको स्वरमा रहेको गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन्। उक्त गीतको रेकर्डिङ स्टुडियो मालाश्रीबाट तथा अडियो/भिडियो शुभारम्भ डिजिटल म्यूजिक प्रालिबाट गरिएको हो।

सानै उमेरमा निकै चर्चा कमाइसकेकी कमला घिमिरेले राजु परियार, शिशिर भण्डारी जस्ता चर्चित कलाकारहरुसँग प्रत्यक्ष दोहोरी गाइसकेकी छिन्।

यो भन्दा पहिले सार्बजनिक भएको शम्भु कवँरको ‘चिया छानेको, वोलीले हँसाउन कत्ति जानेको’ बोलको गीतमा स्वर दिएकी छिन्। उक्त गीतबाट निकै चर्चा पाइसकेकी कमलाले देश तथा विदेशका थुप्रै स्टेजमा पनि आफ्ना कला देखाइसकेकी छिन्।

सम्बन्धित खवर

Back to top button