भाइरल बन्याे अशाेककाे एकल गीत, हेर्नुस भिडियो प्रणाम


काठमाडाैँ, १० असारः बाल गायक अशोक दर्जीको गीत ट्रेण्डिङ नम्बर चारमा परेको छ । उनी पछिल्लो समयमा धेरैले रुचाएका बाल गायक हुन् । सानै उमेरमा आफ्नो प्रतिभाले चिनिएका दर्जीले देश तथा विदेशमा आफ्नो धेरै सो प्रस्तुत गरेका छन् ।
‘मन बिनाकाे धन ठुलाेकि धन बिनाकाे मन ..?’ गीतबाट निकै चर्चामा आएका दर्जीको पहिलो एकल गीत सार्वजनिक भएको हो । उनले गायक टंक बुढाथोकी र एआर बुढाथोकीसंगै गाएको गीत ‘आमा जस्ती राम्री कोइ छैन संसारमा’ पनि धेरैले रुचाएका थिए ।



कुनै बेला सडकमा गीत गाउदै हिड्ने अशोक सामाजिक संजालमा भाइरल बनेका थिए । भाइरल बनेका उनलाई देश बिदेशमा रहेका थुप्रै नेपालीहरुले माया दिएका थिए । त्यहि मायाको कारण अहिले पनि अशोक गीत अत्यधिक रुचाइने गरिएको पाइन्छ ।








