सबै स्थानीय तहको बजेट आज

काठमाडौँ, १० असारः सबै स्थानीय तहले बुधबार आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याउँदै छन्। संघीय मामिला तथा स्थानीयका विकास मन्त्रालयले निर्धारण गरेको मितिमै ७५३ वटै स्थानीय गाउँसभा तथा नगरसभामा बजेट प्रस्तुत गर्न लागेका हुन्।

पालिकाहरुले संघीय सरकारले १५ जेठमा पेश गरेको बजेटबाट उल्लेखित वित्तीय हस्तान्तरणबाट जाने २ खर्ब ६२ अर्ब ७५ करोड ७६ लाख रुपैयाँलाई मुख्य स्रोत मानी बजेट प्रस्तुत गर्न लागेका हुन्।

स्थानीय तहहरुले आफ्नै स्रोतबाट आर्जित रकम पनि बजेटमा समावेश हुनेछन्। कोरोनाबाट प्रभावित भएको अहिलेको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रण, रोजगारी सिर्जना, कृषिमा प्राथामिकता जस्ता विषय पालिकाहरुको बजेटको प्राथामिकतामा परेका छन्।

सम्बन्धित खवर

Back to top button