फेरि उकालो लाग्दै सुनको मूल्य, प्रतितोला ९१ हजार १ सयमा कारोबार

काठमाडाैँ, १० असारः सुनको मूल्य पुनः उकालो लागेको छ। मंगलबार घटेको सुनको मूल्य बुधबार अर्थात् आज पुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबार ९० हजार ६ सय रुपैयाँमा करोबार भएको थियो। गत सोमबार ९१ हजार रुपैयाँमै करोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ९ सय ४५ रुपैयाँ पुगेको हो।

सम्बन्धित खवर

Back to top button