माधवकुमार नेपालले गरे कोरोना कार्ड बितरण


अषाढ १२,काठमाडौँ : नेकपा का वरिष्ठ नेता माधव नेपालले स्थायी कमिटीका सदस्यलाई कोरोना नियन्त्रण भाइरस को लागि कार्ड बितरण गरेका छन ।
सबै नेताहरुको गलामा झुण्डिएको कार्ड वरिष्ठ नेता माधवकुमार नेपालले नेताहरुलाई वितरण गरेका हुन । नेता नेपालले कोरोना भाइरस संक्रमणको बेलामा सबैखालका भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन उक्त कार्ड वितरण गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बताए।



‘पार्टीले कार्ड किनेर उहाँले बैठकमा वितरण गर्नुभएको हो। यो कार्ड लगाएपछि एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सर्न सक्दैन’, उनले भने, ‘यसले भाइरस क्याप्चर गर्छ भनेर वितरण गरिएको हो।’
गौतमका अनुसार यी कार्ड बजारमा किन्दा प्रतिगोटा ६ सय ५० रुपैयाँ पर्छ। तर प्रतिकार्ड २५ रुपैयाँ छुटमा किनिएको उनले बताए। ‘प्रतिकार्ड ६ सय ५० पर्ने रहेछ। हामीले धेरै किनेकाले प्रतिगोटा २५ रुपैयाँ डिस्काउन्ट भयो’ उनले भने, ‘यो एउटा कार्ड ३० देखि ४५ दिनसम्म प्रयोगमा ल्याउन सकिन्छ।’ बैठकमा सहभागीलाई ५० वटा खरिद गरिए पनि केही बिग्रिएकाले थप १० वटा किनेर ल्याएको उनले बताए।
उता स्वास्थ्य कर्मिहरुले भने यो कार्ड कति उपयोगी भन्ने अझै सम्म पत्ता नलागेको बताएका छन ।








