निर्माण व्यवसायीको लापरबाहीका कारण जलजला पर्यटन मार्ग अलपत्र


काठमाडौँ, १४ असारः रोल्पाको जिल्ला सदरमुकामदेखि पर्यटकीय स्थल जलजला जोड्ने जलजला पर्यटन मार्ग निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेको छ। उक्त सडक निर्माण गर्ने कार्य बर्षाै बिते पनि अझै सम्पन्न हुन सकेको छैन्।
जलजला पर्यटन मार्ग निर्माण गर्ने जिम्मा रौताहा हरिहर निर्माण सेवाले लिएको थियो। रोल्पा नगरपालिका वडा नं. १० का अधिकांश भाग र वडा नं. ४ को आंशिक भाग छोएर जाने उक्त सडक मार्ग समपन्न गर्ने गरी सम्झौता भएको रोल्पा नगरपालिकाका वडा न का वडा अध्यक्ष मानबहादुर खत्रीले बताए।



२५ किलोमिटरको जोड्ने उक्त सडक हालसम्म ४५ % काम समेत पुरा नभएको वडा अध्यक्ष खत्रीले बताए। सडक निर्माण कार्य रौताहा हरिहर निर्माण सेवाले करिब २१ करोडमा बोलकबोल गरेको थियो ।
सो निर्माण कार्य क्रमशः दोस्रो र तेस्रो निर्माण कम्पनीलाई हस्तान्तरण गरी गरिएको थियो। मूल निर्माण कम्पनीसँग भेटीमा काम गर्ने गरी जिम्मा लिएका खड्क बहादुर खत्रीले भने,’हामीहरुले काम गरेको तर रकम भुक्तानी नपाउँदा यस्तो सिर्जना भएको हो।’ समस्या समाधान गर्नका लागि स्थानीय सरकार तथा विभिन्न सरकारी निकायसँग हार गोहार माग्दा पनि न्याय नपाएपछि निर्माण कार्यले गति लिन नसकेको खत्रीले बताए।
सडक निर्माण कार्यमा प्रयोग गरिएको निर्माण सामाग्रीहरु पनि गुणस्तरीय नभएको रोल्पा नगरपालिका वडा नं. १० का मोतिलाल डाँगीले बताए। ‘मेसिनरीहरु, वालको जग कमसल साथै मापदण्ड विपरीत निर्माण गरिएको कारणले गर्दा ठाउँ ठाउँमा पहिरो गएको छ।’,डाँगीले गुनासो गरे । निर्माण कम्पनीको लापरबाही र सरकारी निकायको फितलो अनुगमनका कारण यस्तो समस्या आएको डाँगीले आरोप लगाए।
आर्थिक वर्ष२०७७र७८ असाजमा कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोरोना भाइरसको कारण काम हुन नसकेको बताइएको छ। चालु आर्थिक वर्षका लागि प्रस्तावित रकम मध्ये ४ करोड फ्रीज हुने स्थानीयहरुको भनाइ छ।
विश्वव्यापी कोरोना महामारीले निर्माण कार्यमा पनि प्रभाव पारेकाले आयोजनाको म्याद थप गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको वडा अध्यक्ष खत्रीले बताए।








