असार पन्ध्रको सन्देश


असार पन्ध्रको सन्देश
नहेप है सानो भनेर
कसैलाई
सियोले तिम्रो इज्जत
ढाकेको छ
जिरे खुर्सानी खाएर हेर
सानोको शक्ति
त्यहाँ भेटिन्छ।



मृत्युसैय्यामा
छट्पटाइरहेको
विरामीलाई थाहा हुन्छ
जीवनको महत्व
सिर्जनशील र परिश्रमी
किसानलाई थाहा हुन्छ
समयको महत्व।
सृजना गर्न कति गाह्रो छ
जिवन मृत्युको दोसाँधमा
प्रसव वेदनामा
छट्पटिरहेकालाई
थाहा हुन्छ।
निर्माण गर्न समय
चाहिन्छ
ध्वंश गर्न निमेश
परिश्रमी र स्वाभिमानी
बनौं
असार पन्ध्रको सन्देश
समय गुज्रेपछि
पछुताउॅदा
रहन्न केही शेष
रहन्न केही शेष।








