प्रतिपक्ष दलले सुदूरपश्चिम प्रदेशसभाको बैठक चल्न नदिने अडान

धनगढी, १५ असार : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले सुदूरपश्चिम प्रदेशसभाको बैठक चल्न नदिने अडान राखेका छन्। सोमबार दुवै प्रतिपक्ष दलले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनकार्फत आफुले उठाएका माग सम्बोधन नहुँदासम्म संसद चल्न नदिने जनाएका हुन।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका संसदीय दलका नेता डा.रणबहादुर रावलले कोरोना महामारीका बेला प्रदेश सरकारले कोरोनामैत्री बजेट नल्याएको आरोप लगाएका छन्। यस्तै राजपा संसदीय दलका नेता कृष्ण चौधरीले आफूहरूले सरकारसँग मागेका योजना समावेश नगरेका कारण संसद चल्न नदिएको बताए।

सम्बन्धित खवर

Back to top button