नेपालमा थप ३१६ जनामा कोरोना पुष्टि


काठमाडौँ, १६ असार : नेपालमा आज थप ३१६ जनामा कोरोना कोरोना भाइरस पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७१ महिला र २ सय ४५ पुरुष गरी तीन सय १६ जना सङ्क्रमित थपिएका छन्
योसँगै नेपालमा कोरोनाकँट सङ्क्रमित हुनेको सङ्ख्या १३ हजार पाँच सय ६४ पुगेको छ । जसमा एक हजार ६ सय ५७ महिला र ११ हजार नौ सय सात रहेका मन्त्रालयले जानकारी गरेको छ ।



त्यस्तै कोरोना सङ्क्रमणको कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या २९ रहेको छ ।








