गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, १७ असारः गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक आज विहान जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा नवलपुरका १२ जना, स्याङ्जाका ८ जना, गोरखा र बाग्लुङका ३(३ जना, कास्की र तनहुँका १(१ जना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या ९९४ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाको वालिङ नगरपालिकाका १ महिला, १ पुरुष, पुतलीबजार नगरपालिकाका १ पुरुष र भिरकोट नगरपालिकाका ४ पुरुष, १ महिलामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी बाग्लुङको काठेखोला गाउँपालिका का १ महिला र बडिगाड गाउँपालिकाका २ महिलामा पनि संक्रमण पुष्टि भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिकाका १ महिलामा पनि कोरोना भेटिएको छ ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वको बुलङिटार गाउँपालिकाका २ पुरुष र गैंडाकोट नगरपालिकाका ८ पुरुष र २ महिला छन् ।

सम्बन्धित खवर

Back to top button