पार्टी भित्रैबाट राजीनामाको माग गरेर आफूलाई अपमान गरेको प्रधानमन्त्री वलीको आ’रोप

कठमाडौँ, १७ असारः प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रैबाट राजीनामाको माग गरेर आफूलाई अपमान गरेको आ’रोप लगाएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट दर्जन बढी स्थायी समिति सदस्य र मन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यसरी अपमान गर्ने कुराले गलत परम्पराको विकास हुने बताए।

उनले भने, ‘साथीहरूले मेरो राजीनामा माग्नुभएको छ। मैले राजीनामा दिएर के हुन्छरु पार्टी र सरकार कसरी अगाडि बढ्छ रु
मलाई अपमानित गर्ने काम भयो। यसले गलत परम्पराको विकास हुन्छ।’ छलफलमा प्रधानमन्त्री ओलीले पार्टीभित्र विश्वासको संकटसमेत बढ्दै गएको बताएका थिए।

मंगलबारको बैठकमा बोल्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत १७ जना स्थायी समिति सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेका थिए।

गत आइतबार प्रधानमन्त्री ओलीले कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको आ’रोप लगाएका थिए।

सम्बन्धित खवर

Back to top button