काठमाडौँमा ओलीको पक्षमा प्रदर्शन

काठमाडौँ, १८ असारः प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काठमाडौँमा प्रदर्शन भएको छ । नेकपा निकट युवा संघले माइतीघरमा प्रधानमन्त्री ओलीको पक्षमा बिहीबार दिउँसो प्रदर्शन गरेको हो ।

उनीहरुले प्रधानमन्त्री ओलीको तस्बिर तथा नेपालको नक्सासहितको व्यानर बोकेर प्रदर्शन गरेका छन्। लगातार ओली सरकारविरुद्ध प्रदर्शन हुँदै आएका बेला युवा संघले उनको पक्षमा प्रदर्शन भएको हो ।

पार्टी भित्र संकटमा आएका ओलीलाई अहिले प्रधानमन्त्रीबाट हटाउन नहुने प्रदर्शनकारीको भनाई छ। प्रदर्शनमा विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरुले नारा लगाएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीको फोटो सहित ‘देशको मुहार फेर्नुछ साथी पार्टी भन्दा राष्ट्र माथि’ लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए ।

उनीहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइदैन’ लगायतका नारा लगाएका छन् ।

सम्बन्धित खवर

Back to top button