सार्वजनिक गाडी चल्ने हल्ला मात्र हो कुनै निर्णय भएको छैन , नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ

काठमाडौँ, २१ असारः आज देखि सार्वजनिक यातायात चल्ने सम्बन्धी कुनै निर्णय नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्पष्ट पारेको छ ।

आइतबार सार्वजनिक गाडी सञ्चालन हुने भन्ने हल्ला चलेकोमा महासङ्घले यस्तो निर्णय नभएको जनाएको हो । नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासङ्घका महासचिव सरोज सिटौलाले बताए ।

सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकार, मजदूर र व्यवसायीबीच छलफल भइरहेको उल्लेख छ । सरकारले गत चैत ११ मा लकडाउन गरेसँगै देशभरका सार्वजनिक गाडी ठप्प छन् ।

सम्बन्धित खवर

Back to top button