सुशान्तको अन्तिम फिल्मको ट्रेलर रिलिज, ट्रेन्डिङ नम्बर दोस्रोमा (भिडियोसहित)

काठमाडौं, २३ असारः दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म दिल बेचाराको ट्रेलर सोमबार रिलिज भएको १६ घण्टामा नै ट्रेन्डिङ नम्बरमा दोस्रो परेको छ । उनका प्रशंसकले यसको निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए । त्यसैले त ट्रेलर सार्वजनिक भएको १६ घण्टामा नै यसलाई २ करोड बढीले हेरिसकेका छन् । यो फिल्म जुलाई २४ मा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा स्ट्रिम हुनेछ ।

करिब दुई मिनेटको यो ट्रेलरमा सुशान्त निकै छाएका छन् । ट्रेलरमा उनका उत्कृष्ट डायलग छन् जसमार्फत् उनी फिल्ममा क्यान्सरसँग जुधिरहेकी नायिका संजना सांघीलाई हँसाउने र उनको दुःख कम गर्ने कोसिस गरिरहेका छन् ।

ट्रेलरमा सुशान्तको पहिलो डायलग हो, ‘तिम्रो नाम किसले राख्यो…’किसी..’ तब संजना भन्छिन्, ‘मेरो नाम किजी हो ।’ संजना भन्छिन्, ‘तिमी सुरक्षित लाग्दैनौं, सिरियल किलरजस्तो देखिन्छौ ।’ जवाफमा सुशान्तले भने, ‘म सिरियल किलर, तिमी सिरियल किसर, खत्रा जोडी छ ।’

सुशान्तको अर्को डायलग यस्तो छ, ‘एउटा थियो राजा, अर्की थिइन् रानी, दुबैको मृत्यु भयो समाप्त भयो कहानी। तर यो कहानी अधुरो छ यसलाई ती राजा रानीले पूरा गर्छन् ।’ यसबाहेक अर्को डायलगमा उनी भन्छन्, ‘कहिले जन्मने, कहिले मर्ने त्यो हाम्रो हातमा छैन तर कसरी बाँच्ने भनेर हामी निर्णय गर्न सक्छौं ।’

 

सम्बन्धित खवर

Back to top button