प्रधानमन्त्रीलाई हटाई संविधान विपरितगए राष्ट्रपतिलाई महाअभियोग लगाउनेः– रामकुमारी झाँक्री

काठमाडौँ, २३ असारः नेपाल कम्युनिष्ट पार्टीकी नेत्री र संसद रामकुमारी झाक्रीले प्रधानमन्त्रीलाई हटाउने ,संविधान विपरितगए राष्ट्रपतिलाई महाअभियोग लगाउने अभिव्यक्ति दिएकी छन् । ऋषि धमलाले संचालन गर्ने जनता जान्न चाहन्छन् कार्यक्रम मार्फत उनले त्यस्तो अभिव्यक्ति दिएकी हुन् ।

प्रधानमन्त्रीले केपी शर्मा ओलीले आज केही राम्रो काम गरे पनि उनको विगत हेरेर उनको बारेमा विश्लेषण गर्नुपर्ने र उनको भावी योजना के छन् । त्यसको बारेमा केपीको समग्र अध्ययन हुनुपर्ने उनको धारणा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निति नियम विपरीत हिडेको हुनाले उनको कुनै पनि अर्थ नरहेको झाँत्रीको अभिव्यक्ति छ ।

केपी ओलीले कसैको पनि कुरा नमारेर एकलौटी ढंगले अगाडि बढेकोमा पार्टीलाई ठुलो असर पुग्ने उनको भनाइ छ । प्रधानमन्त्रीले भनाइ बच्चाजस्तो आधारहीन तर्कहीन भएको उनको गुनासो छ । पार्टी पनि केपी ओलीलाई सरकार पनि ओलीलाई अरुलाई कुनै पनि काम नै नदिएको उनको तर्क छ ।

कोरोनाको बेलामा प्रधानमनन्त्रीले सबै काम आफै गरेको र आफूलाई काम नदिएकोमा उनले गुनासो गरेकी हुन् । प्रधानमन्त्रीको समर्थनमा २५ जनाले नारा लगाएर हिडेका छन् विचरा प्रधानमन्त्रीको बेज्जत भयो भनेर उनले खिल्ली उडाएकी छन् ।

सम्बन्धित खवर

Back to top button