सरिता गिरीलाई संसद र पार्टी दुबैमा नरहने गरी का’रवाही गर्दै

काठमाडौं, २३ असारः समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसद र पार्टी दुबैमा नरहने गरी का’रवाही गर्ने भएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि जेठ ३१ गते भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेर मतदान ब’हिष्कार गरेकी थिइन्।

समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर संसद बैठक चलिरहँदा बाहिरिएकी सांसद गिरीले सार्वजनिक रुपमा पनि सो नक्सा जारी गर्ने सरकारी निर्णयको बिरोध गरेकी थिइन्।

अहिले सो विषयबारे निर्णय गर्न समाजवादीको पदाधिकारी बैठक बस्न लागेको र बैठकमा सो विषय एजेण्डामा रहेको छ। ‘सांसद गिरीलाई पार्टी र संसद दुवैतर्फ कारवाहीको सिफारिस भई आएको छ, आजको एजेण्डामा सो विषय पनि छ,’ समाजवादीका एक पदाधिकारीले भने, ‘बैठकले यसबारे अन्तिम निर्णय गर्छ,’ उनले भने। यसअघि पार्टी ह्वीप नमानेको भनी संसदीय दलले पनि गिरीलाई कारवाही गर्न सिफारिस गरेको थियो।

सोहि विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न पार्टी महासचिव रामसहाय प्रसाद यादवको संयोजकत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय कार्यदल बनाइएको थियो।

सोही कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय पदाधिकारीलाई सिफारिस गरेको हो। पछील्लो समयमा सामाजिक संजालमा उनको धेरै विरोध हुँदै आएको थियो ।

सम्बन्धित खवर

Back to top button