अमेरिकामा मात्र कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो

काठमाडौँ, २५ असारः अमेरिकामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ३० लाख नाघेको छ। अमेरिकामा संक्रमितको संख्या ३० लाख ४६ हजार ३ सय ५१ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकले देखाएको छ । त्यहाँ कोरोना संक्रमणबाट १ लाख ३२ हजार १ सय ९५ जनाको मृत्यु भइसकेको छ।

अमेरिकामा कोरोनाको इपिसेन्टर मानिएको न्युयोर्कमा ३२ हजार २ सय ५१ जनाको मृत्यु भइसकेको छ भने ८९ हजार ९ सय ९५ जना अझै अस्पतालमा छन्। न्युजर्सीमा १५ हजार ३ सय ३२, म्यासाचुसेट्समा ८ हजार २ सय ४३ र इलिनोइसमा ७ हजार ३ सय ९ जनाको मृत्यु भइसकेको छ।

अमेरिकामा हालसम्म ३ करोड ७५ लाख ३२ हजार ६ सय १२ जनाका कोरोना परीक्षण भइसकेको जनाइएको छ।

सम्बन्धित खवर

Back to top button