गंगा किरण वली (अनुपम) का २ मुक्तकरु

मुक्तक १
म आफ्नै जिन्दगी देखि पीडित छु।
प्रमाण स्वरुप स्वयम् उपस्थित छु।

हजारौं फूल फुले हजारौं दीप जले..
कहिल्यै भएन अनुकुल अचम्मित छु।

मुक्तक २
हजारौं बाटाहरु छन् गुनासो गर्दिनँ ।
नभएपनि मुना र मदन गुनासो गर्दिनँ ।

मुटुमै बसेरपनि प्रतिपक्ष जस्तो बन्यौ
उतै गर आसन ग्रहण गुनासो गर्दिनँ ।
मुक्तककारः गंगा किरण वली (अनुपम), रोल्पा

सम्बन्धित खवर

Back to top button