रुसको सेचिनोभ विश्वविद्यालयले कोरोनाभाइरसको खोप तयार गरेको दावी

काठमाडौं, २८ असारः रुसको सेचिनोभ विश्वविद्यालयले कोरोनाभाइरसको खोप तयार गरेको दावी गरेको छ। विश्वविद्यालयकाअनुसार यस खोपको सबै परीक्षणहरू सफलतापूर्वक सम्पन्न भइसकेको बताएको छ। यदि विश्वविद्यालयले गरेको उक्त दावी सत्य हो भने विश्वका लागि यो पहिलो खोप हुने विज्ञहरुको भनाइ छ।

यद्यपि, अमेरिकासहित विश्वका धेरै विकसित देशहरू कोरोनामा खोपहरू तयार पार्न व्यस्त छन्। धेरैजसो परीक्षण चरणमा असफल भएका छन्, तर रुसले यसलाई सफलता पुर्वक बनाएको भनी दावी गरेको छ।

ट्रान्सलेशनल मेडिसिन एण्ड बायोटेक्नोलोजी संस्थानका निर्देशक वादीम तारासोभका अनुसार विश्वविद्यालयले जून १८ मा रुसको गेमेली इन्स्टिच्युट अफ एपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीले खोपको परिक्षण शुरू गरेको थियो।

तारासोभले सेचिनोभ विश्वविद्यालयले कोरोनोभाइरस विरुद्ध विश्वको पहिलो खोप स्वयम सेवकहरुमा सफलतापूर्वक परीक्षण गरेको बताएको छ। त्यसैगरी, यस खोपलाई छिट्टै बजारमा उपलब्ध गराइने छ।

सम्बन्धित खवर

Back to top button