दीपा र मलाई ‘लखेट्ने’ काम भइरहेको छः दीपकराज गिरी

काठमाडौं, २९ असारः हास्य कलाकार एवं अभिनेता दीपकराज गिरीले आफूहरूलाई सामाजिक सञ्जालमार्फत लगातार लखेट्ने काम भइरहेको बताएका छन्।

केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले राजेश हमाललाई ‘उहाँ महानायक हो र ?’ भन्ने टिप्पणी गरेपछि दीपकराज गिरीलाई समेत जोडेर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

यसै सन्दर्भमा कलाकार गिरीले आइतबार साँझ फेसबुक लाइभ गर्दै फेक आइडीबाट नियोजित रूपमा आफूहरूविरुद्ध साइबर बुलिङ भइरहेको बताएका हुन्।

‘साइबर सुरक्षा विज्ञसँग बुझ्दा हामीलाई प्रहार गर्ने ७५ कमेन्ट फेक आईडीबाट आएको देखिएको छ । यस्ता फेक आइडीको जमात संगठित,’ फेसबुक लाइभमा गिरीले भनेका छन्, ‘रवि लामिछानेलाई समेत केही समय अघि त्यसैगरी प्रहार गर्ने काम भएको थियो।’

उनले अगाडि भनेका छन्, ‘हाम्रो सपोर्टमा मानिसहरु बोल्नै सकिरहेका छैनन् । बोलेमा तिनै नक्कली आईडीबाट लखेट्ने काम गरिन्छ । यतिसम्म कि म्यासेज गरेर समेत गाली गर्ने काम हुन्छ ।’

सम्बन्धित खवर

Back to top button