खुमलटारमा प्रचण्ड-माधव पक्षको भेला


काठमाडौं, ४ साउनः शनिबार राती प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भनिएको सहमतिका विषयमा छलफल गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा नेकपाका नेताहरुको छुट्टै भेला शुरु भएको छ ।
अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र बामदेव गौतमबीच छलफल भइरहेको छ ।



शनिबार सचिवालय बैठकमा ओली र प्रचण्डबीच खासै विवाद भएन । आगामी मंसिरमा महाधिवेशन गर्न ओली र प्रचण्डबीच सहमति भएको चर्चा छ । तर यो अर्को गोप्य सहमतिमा बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनालले भने असन्तुष्ट जनाएका छन ।








