स्थानीयले गरे ६ दिनमै ३६ क्वीन्टल सलह जम्मा

प्युठान, ९ साउनः प्युठानको नौबहिनी गाउँपालिकाको स्याउलीवाङका स्थानीयले ६ दिनमै ३६ क्वीन्टल सलह जम्मा गरेर वडा कार्यालयमा बुझाएका छन् ।

साउन २ गते गाउँपालिकाले सलह टिपेर ल्याएमा प्रतिकिलो ५० रुपैयाँ दिने निर्णय गरेपछि गाउँले सलह जम्मा पार्न खटिएका थिए । असार १५ गतेदेखि गाउँको कोठीभीरमा आएर बसेको सलहको ठूलो झुण्डबाट सुलह संकलन गरेर गाउँलेले वडा कार्यालयमा बुझाएका हुन् ।

सम्बन्धित खवर

Back to top button