‘चेपाङ बस्तीको घटनाबारे सार्वजनिक भएका सबै कुरा सत्य छैनन्’ मन्त्री बस्नेत


काठमाण्डौँ, १२ साउनः वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुम खोलाको चेपाङ बस्तीमा भएको घटनाबाहिर सार्वजनिक भएजस्तो नभएको बताएका छ ।
प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समिति बैठकमा मन्त्री बस्नेतले चितवनको कुसुमखोला चेपाङ बस्तीमा आगो लगाइएको र सेनाद्वारा कुटपिट भइ मृत्यु भएको विषयमा समाचारमा आएजस्तो सबैकुरा सत्य नभएको बताउनुभएको हो ।



उहाँले कुसुमखोला आसपास क्षेत्रका दुई सय एक घरमध्ये एक सय ९३ घरलाई अर्को ठाउँमा स्थानान्तरण गरिएको र तिनै स्थानान्तरण भएका व्यक्तिले त्यस ठाउँमा खेतीकिसानी गर्ने र मकै हेर्न बनाइएका मचानहरु मात्रै जलाइएको बताए ।
तर नेकपाकै सांसद देव गुरुङले कुसुमखोला घटना मानव अधिकारका विरुद्धमा भएको बताबताका छन् । यस्तै नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले घटनालाई राज्यबाट नागरिकमाथि प्रहार भएको घटनाको रुपमा लिनुपर्ने बताए ।
बैठकमा सांसदहरुले निकुञ्ज संरक्षण गर्ने नाममा मानिसमाथि नै आक्रमण गर्ने प्रवृत्ति रोक्नु पर्नेमा जोड दिएका थिए ।








