सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छः बिमल

काठमाडौँ, १२ साउनः नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ती मगर बिगत लामो समयदेखि टिमका लागि खेलि रहेका छन् । उनले देशका लागि खेलेका धेरै खेलमा उत्कृष्ट प्रदर्शन पनि गर्दै आइ रहेका छन् । साफ च्याम्पियन्सीप देखि लिएर धरै खेलहरुमा आफ्नो उत्कृष्ट प्रदर्शन देखाएका बिमलले पछिल्लो समय राष्ट्रिय टोलीको प्रशिक्षणका लागि बोलाएको अन्तिम ३४ पनि पर्न सकेनन् ।

अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले गत कार्तिकमा चार जना स्टार नेपाली फुटबल खेलाडीलाई राष्ट्रिय टीमबाट निलम्बन गरेको थियो । एन्फाले फर्वार्ड विमल घर्तीमगर लगायत मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दीनेश राजवंशी कारबाही गरेको थियो ।

विश्वकप २०२२ को छनोट खेल खेल्नु केही दिन अघि उनीहरु डान्सबारमा गएको भन्दा एन्फाले अनुसानको कारबाही गरेको थियो । उक्त कारबाही पछि बिमलले यो सिजनको ए डिभिजन लिगको एक मात्र खेल खेल्न पाए । तर, पछि बन्द प्रशिक्षणको अन्तिम ३४ मा अन्य खेलाडी बोलाउँदा बिमललाई भने बोलाईएन् ।

देशका लागि धेरै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको खेलाडीलाई कारबाही सकिँदा पनि टिममा नबोलाउँदा नरमाइलो लागेको बिमलले बताए । उनले आफूसँगै कारबाहीमा परेका खेलाडीलाई टिममा बोलाउँदा र आफूलाई नबोलाउँदा नरमाइलो लागेको बताएका छन् ।

‘देशका लागि लामो समयसम्म खेलेँ । खेल नै जीवन हो भन्ने तरिकाले म लागेको थिए । आज आएर कारबाही सकिँदा पनि अन्तिम ३४ मा पर्न सकिँदा । यो विषयमा नत एन्फाबाट कुनै प्रतिकृया आएको छ नत कुनै अधिकारीले मलाई केही भनेका छन्,’ बिमलले अल स्पोट्र्स नेपालसँगको कुराकानिमा भने ।

सम्बन्धित खवर

Back to top button