नगरपालिका स्तरीय सहकारी संजाल चितवनको गठन

डिलकुमारी नेपाल,चितवन,१३,साउन: रत्ननगरमा छरिएर रहेका सहकारीहरुलाई एकिकृत गदै सहकारी सञ्जालको गठन गरिएको छ । उत्पादनशील दिगो र बिकासको लागि स्थानीय नगरपालिका सँगको सहकार्यम योजना बद्दरुले काम गर्न सहकारीको संञ्जाल गठन गरिएको छ ।

सञ्जालकाे अध्यक्षमा ऋतु गिरी चयन भएकी छन । गिरी उज्ज्वल महिला विकास वचत तथा ऋण सहकारी संस्था की अध्यक्ष समेत हुन् । सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुको भेलाले गिरीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरिएकाे छ । रत्ननगरमा विभिन्न प्रकृतिका ६७ वटा सहकारी संस्था रहेका छन् । नगरभित्र २३ वटा वचत तथा ऋण सहकारी,१९ वटा कृषि सहकारी,११ वटा दुग्ध सहकारी,५ वटा बहुउद्देश्यीय सहकारी,४ वटा पर्यटन सहकारी,३ वटा सामाजिक उद्यमी सहकारी १ सञ्चार सहकारी र १ जडीबुटी सहकारी रहेका छन ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सहकारीहरु बचत र ऋण प्रवाहमा मात्र केन्द्रित भएकाले उत्पादनशील काम गर्नुपर्ने जनाए। मेयर वनले ‘सहकारीसँग धेरै ठुलो सम्भावना रहेकोले स्थानीय सरकार संग समन्वय गरेर सहकारी अभियान लाई लैजाने बताए सहकारीलाई एकिकृत गरी समृद्ध नगर बनाउनुपर्छ,यसको लागी संजालको गठनले नगरका हरेक कार्यक्रममा समावेश गर्न सहज हुने हुदा सहकारीलाई सघाउन पुर्याउने,रोजगार सृजना हुने खालका व्यवसाय र उत्पादनसंग जोडिने कार्य गर्न मदत पुग्ने समेत मेयर वनको अाशा आशा व्यक्त गरेका छन। अहिले चितवन म सहकारीहरु बिचको एकता र समन्वयम धेरै ठुल ठुला आउधोगिक तथा ब्याबसयिक काम भैराको छ्न ।

सम्बन्धित खवर

Back to top button