युभेन्टसको लज्जास्पद हार


एजेन्सी, १५ साउनः यो सिजनको इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको युभेन्टसले लिग चरणको ३७औं खेलमा लज्जास्पद हार बेहोरेको छ ।
बुधबार राति भएको खेलमा युभेन्टस घरेलु टोली काग्लिएरीसँग २–० ले पराजित भएको हो । युभेन्टसलाई हार चखाउन लुका गाग्लिएनो र जियोभानी सिमिओनले गोल गरे ।



यो हारले च्याम्पियन बनिसकेको युभेन्टसलाई अंक तालिकामा कुनै असर परेन । युभेन्सटको ३७ खेलबाट ८३ अंक रहेको छ । युभेन्टसलाई हराएको काग्लिएरी ४५ अंक जोडेर १३औं स्थनमा छ ।








