देउडा गाएक प्रशान्त बि. सी. को ‘डारुका पानीले’ देउडा गीत सार्वजनिक


धनगढी, २८ साउन: सुदुरपश्चिमका युवा देउडा गाएक मिठो स्वरका धनी नवकलाकार प्रशान्त बि. सी. को ‘दारुका पनिले’ मार्मिक देउडा गीत बजारमा आएको छ । चर्चित देउडा गाएक रेखा जोशीको फिमेल भर्सन रहेको उक्त गीत सूदुरपश्चिम देउडा च्यानल मार्फत सार्बजनिक भएको हो । झन्डै आधा दर्जन देउडा गीतमा स्वर भरिसकेका नवगाएक प्रशान्तले आफ्नै लय स्वरम गीत निकालेका हुन ।
सानै उम्मेरमा गाएकको क्षेत्रमा राम्रो फट्को मारी रहेका छन । उसोत सूदुर देउडाको उदगम स्थल हो । विशेष गरी ‘डाडुका पानीले’ गीतले समाजमा पारिवारिक कलहका कारणहरुको दरो उजागर गरेको छ । सूदुर भाषामा गाइएको उक्त गीतले मनोरञ्जन संगै संदेश पनि दिएको छ ।



अबो लगत्तै अर्को गीत निकाल्ने तयारीमा रहेको गाएक बि. सी.ले बताउछन् । गीतको भिडियोलाइ पनि स्थानीय कलाकारहरुले साथ दिएका छन ।








