आमा म आउन पाईन है , यसपाली को तिजमा,

कोहलपुर ५ साहुन : आमा म आउन पाईन
आमा,
मलाई माफ गर है,
यसपाली को तिजमा,
माईत आउन पाईना,
माफ गर..!

तिम्रो,
न्यानो काखमा,
यो पटकको तिजमा,
छमछमी नाच्ने रहर ,
बर्षौ देखि संगालेकि थिए,
तर,
के गर्नु यो,
कोरोनाले मेरो माईत आउने
बाटोमा ठुलो पर्खाल लगाईदियो,
काडेतार बनेर उभिदियो,
म,
निशब्द छु,
निरीह भएको छु,

मेरो,
प्यारो माईती घरलाई सम्झेर,
दिन रात आशुका बज्रपात,
बर्षाईरहेको छु,
तिजको बेला लगाउने सारी,
आशुको भेलले,
धोईरहेकि छु,
मेरो हातका चुरा र मेहेन्दी,
फुटिरहेका छ्न,
मेटिरहेका छन,
किनकि ,
म आफ्नो माईत आउन,
पाएकी छैना,

आमा,,
पल्लो घरको ,
ठुली आमाकि छोरी,
नजिकै माइत भएकोले,
आकिछे होला है,
तिजमा नाचिरहेका हुन्छन होला,
परस्पर माया,प्रेम ,साटिरहेका छन होला,
आफ्नो आमाको हातले बनाको,
दर खाईरहेका छन होला हगि..?

त्यो,
देख्दा तिमिलाई,
तिमिलाई मेरो याद आईरहेको,
होला है आमा,
मनालाई सम्हाल्न सकेकी छैनौं होला,
घर को डिलमा बसि,
पारी डाँंडामा जुन लागुन्जेल सम्म,
मलाई हेरिरहन्छेउ होला
कतै छोरी आउछे कि भनेर,,
मेरो बाटो कुरिरहेकी छौ होला,

आमा,
पोहोर साल तिम्ले बनाको,
लैनो भैसिको खिर र दहि,
घरको तल्लो बारिमा फलेको,
पहेलो केरा को मिसावटमा,
एक एक चम्चि गर्दै,
कान्छी र मलाई खुवाएको,
फिटिक्कै बिर्सन सकेको छैन,
झलझली,
मेरो आँखा अगाडि झल्किरहेका छन,
ति चिज हरु,

आज,
म टाढा भएर,
यो कोरोनाले गर्दा,
आउन नपाउदै गर्दा,
तिम्रो चाउरिएको अनुहार ,
मुसारिरहने मन थ्यो,
फुलेको कडादार कपालमा,
नरम तोरिको तेल लगाईदिने,
मन थ्यो मलाई,
तर ,
यतिबेला महामारी छ,
सब कोरोनाले गर्दा,
विश्व त्रसित छ ,
र त,
म आउन पाईन,

मलाईं,
चुनौती दिन मन छ,
ए,कोरोना..?
जसरी, तैले मलाई,
यसपालिको तिजमा,
माईत जान रोकेको छस नि,
त्यसरी नै तलाई,
अर्को पटक,
नेपाल प्रबेश गर्न रोक लाउने छु,
अनि सदाझै,
रमाइलो गर्दै,
आफ्नो माईत जाने छु,
आमाको हात को दर खाने छु,
आमा यसपालिलाई आउन पाईन ,
अब अर्को साल आउने छु,
आफ्नो ख्याल राखे है…!
(कोरोनाले गर्दा माईत जान नपाएकी सम्पुर्ण चेली को पीडा)
-डम्बर विस्वकर्मा(दृढ)
(२०७७ भदौ ४ गते)

सम्बन्धित खवर

Back to top button