अस्पतालको आईसोलेसनबाट कोरोना संक्रमित भागे


भाद्र,९,चितवनः भरतपुर अस्पतालको आईसोलेसनमा उपचाररत एक जना संक्रमित भागेका छन् । भरतपुर महानगरपालिका वडा १२ का १९ वर्षिय पुरुष आज विहान पाँच वजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना संक्रमण पुष्टि भए संगै उनलाई भरतपुर अस्पतालको आईसोलेसनमा ल्याएर उपचार गराईएको थियो । एक साता अघि चोरिको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आईसोलेसनमा राखेको कार्यालयका प्रबक्ता सूर्य वहादुर थापाले जानकारी दिनुभयो ।
अस्पतालको आईसोलेसनबाट भागेका उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । अहिले अस्पतालको आईसोलेसनमा ६८ जना संक्रमितको उपचार भईरहेको छ ।
-डिलकुमारी नेपाल चितवन











